२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँ : पर्यटनमन्त्री सिन्हा

सोमवार , पौष १४, २०८२

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, १४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ । 

    सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गर्नुभयो ।

    यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनु भयो । आन्तिरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उहाँको उहाँको भनाई छ । पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तिरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरुले आफ्नो कुरा राख्नुभएको छ ।

    अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रुपमा पाउनुपर्ने औधोगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई दिएको देखिएको छैन । यो हामीसंग भएको कानूनले ।’ 

    उहाँले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिनुभयो।