२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

समयमै अधिवेशन हुने स्थिति देखिएन : काँग्रेस प्रवक्ता

बिहिवार , पौष १०, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, १० पुस । नेपाली काँग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ । 

    बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौति सक्रिय सदस्यता टुंग्याउनु रहेको र सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको बताउनु भयो ।

    जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको बताउनु भयो । कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको र भरेर मात्रै नहुने अवस्था रहेकाले त्यसमा इन्ट्री गर्नुपर्ने र त्यो सहज नरहेको बताउनु भयो । विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशिल सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनु भयो । त्यसले पनि तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि सम्भव नरहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘सिरियल नम्बर क्रमसंख्या नभएको धेरै ठाउँमा त्यो विषय समस्या छ । सक्रिय सदस्यता फारम गएको हुनाले फेरि पठाउनुपर्नेछ । कतिपय जिल्लाहरुमा समयमा भरेर बुझाउन सकेको अवस्था छैन । भरेर मात्रे पुग्दैन, इन्ट्रि गर्नुपर्छ । सहज त्यो छैन । जिल्ला कार्यालय नै तहसनहस छ । यि सबैले गर्दा क्रियाशिल सदस्यता टुंगिने कुरा जिल्लाजिल्लाका साथीहरुले आफ्नो भरमजबुर प्रयास गर्दागर्दै पनि सबै ठाउँमा एकनास किसिमबाट सम्पन्न हुन सकेको छैन ।

    त्यसकारण तोकिएको मितिमा अधिवेशन गर्ने सन्दर्भमा सबैको तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि क्रियाशिल सदस्यता नै नटुंगिकन निर्वाचनको प्रक्रिया अघि बढ्दैछ । हाम्रो वडादेखिको निर्वाचन अघि बढ्दैन । त्यो निर्वाचनको वडादेखिको कार्यतालिका प्रभावित हुने देखिएको छ ।’

    उहाँले पार्टीका जिम्मेवार पदाधिकारीहरुले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने बताउनु भयो ।