२०८२, पौष ४ गते

Dec 19 2025 | २०८२, पौष ४ गते

रोहिणीमा बालविकास सहजकर्ताका लागि क्षमता विकास तालिम

शुक्रवार , पौष ४, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ४ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा बालविकास सहजकर्ताका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बिहीबार र शुक्रबार रोहिणी–३ स्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो ।

    शिक्षा शाखा प्रमुख सुनिता न्यौपानेका अनुसार तालिममा सामूदायिक विद्यालय र मदरसाबाट गरी ४५ जना बालविकास सहजकर्ताको सहभागीता रहेको थियो । बाल विकास सहजकर्ताको क्षमता अभिवृद्धि र विकास गर्ने उद्देश्ले आयोजित तालिमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका विद्यालय निरीक्षक अमर के.सी. र मन्टेश्वरी ट्रेनर (प्रशिक्षक) दिपिका के.सी.ले सहजीकरण गर्नुभएको थियो ।

    तालिमको समापन कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।