२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

विभिन्न पार्टी परित्याग गरी २० जना जसपा नेपालमा प्रवेश

बिहिवार , पौष ३, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, ३ पुस । विभिन्न पार्टी परित्याग गरी २० जना जसपा नेपालमा प्रवेश गरेका छन् । बुधबार रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजित क्षेत्र नम्बर १ को भेलामा २० जना पार्टीमा प्रवेश गरेका हुन् ।

    नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेता–कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही–१ का इञ्चार्ज विद्या प्रसाद यादवले बताउनुभयो । केन्द्रीय सदस्य यादवका अनुसार पार्टी प्रवेश गर्नेमा बिन्दु पाण्डेय, मनोज कुमार यादव, तीर्थ धवल, राजु कुर्मी लगायत रहनुभएको छ ।