२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

अमेरिकी सेनाद्वारा अन्तर्राष्ट्रिय जलक्षेत्रमा ८ जनाको हत्या

बुधवार , पौष २, २०८२

  • 637
    Shares
  • 637
    Shares
  • काठमाडौं, २ पुस । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा तीनवटा जहाजहरूमाथि घातक आक्रमण गरेको जनाएको छ ।

    जसमा ८ जना पुरुषको मृत्यु भएको छ । यूएस साउदर्न कमान्डले सोसल मिडिया एक्समा पोस्ट गर्दै डिसेम्बर १५ मा रक्षा सचिव पिट हेग्सेथको निर्देशनमा जोइन्ट टास्क फोर्स साउदर्न स्पियरले आतङ्कवादी सङ्गठनहरूले सञ्चालन गरेका तीनवटा जहाजहरूमाथि अन्तर्राष्ट्रिय जलक्षेत्रमा घातक काइनेटिक आक्रमण गरेको बताएको छ ।

    कमान्डकाअनुसार गुप्तचर जानकारीले ती जहाजहरू ज्ञात लागुऔषध तस्करी मार्गहरूमा यात्रा गर्दै लागुऔषध तस्करीमा संलग्न भएको पुष्टि गरेको थियो । आक्रमणमा पहिलो जहाजमा ३ जना, दोस्रोमा २ जना र तेस्रोमा ३ जना गरी कुल ८ जना ’नार्को–टेररिस्ट’हरू मारिएको जनाइएको छ । यो आक्रमण ट्रम्प प्रशासनको लागुऔषध तस्करीविरुद्धको चलिरहेको अभियानको हिस्सा हो ।

    जसअन्तर्गत सेप्टेम्बरदेखि प्रशान्त र क्यारिबियन क्षेत्रमा २५ भन्दा बढी जहाजहरूमाथि आक्रमण भइसकेको छ । कम्तीमा ९५ जना तस्करहरू मारिएका छन् । कमान्डले आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा जहाजहरूमा ठूला विस्फोटहरू देखिएका छन् । यद्यपि यो अभियानले कानूनी र नैतिक विवादहरू निम्त्याएको छ ।

    केही डेमोक्र्याट सांसदहरू र कानुनी विशेषज्ञहरूले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानूनविपरीत भएको र प्रमाणको अभाव रहेको बताएका छन् । यो अभियानले भेनेजुएला र कोलम्बियासँगको तनाव पनि बढाएको छ । जहाँ अमेरिकाले लागुऔषध तस्करीमा सरकारहरूको संलग्नता रहेको आरोप लगाएको छ ।