सोमवार , मंसिर २९, २०८२
भैरहवा, २९ मंसिर । नेकपा (एमालेका) नेता खिमलाल भट्टराईले पार्टीको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सोमबार केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी दर्ता गराउनुभएको हो । ‘केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी दर्ता गराइयो, सबैको साथ र सहयोगको अपेक्षा गरेको छु, ’उहाँले भन्नुभयो ।
नेता भट्टराई राष्ट्रिय सभाका पूर्व सदस्य हुनुहुन्छ । उहाँ पार्टीको पूर्व पोलिटब्यूरो सदस्य तथा अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । एमालेमा विभिन्न पदमा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको रुपन्देही गृह जिल्ला भएका भट्टराईको उम्मेदवारीले आफूहरु खुसी भएको नेता–कार्यकर्ता बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij