२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व हो : झाँक्री

सोमवार , मंसिर २९, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

    सोमवार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो टिप्पणी गर्नुभएको हो । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई थियो । उहाँले जेन–जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो । 

    नेतृ झाँक्रीले भन्नुभयो,‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’

    नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताउनु भयो ।