२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

रुपन्देही लिलाराम माविमा रक्तदान

शनिवार , मंसिर २७, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा । रुपन्देही लिलाराम न्यौपाने मावि, भैरहवामा भूतपुर्व बिद्यार्थीहरुले रक्तदान गरेका छन् ।

    ७० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । भूतपुर्व बिद्यार्थी समाज, रुपन्देही लिलाराम न्यौपाने मावि, भैरहवाको आयोजनामा रक्तदान गरिएको हो । 

    नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपाध्यक्ष शुशिल गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम ज्ञवाली, प्रधानाध्यापक रुपकुमार रायमाझी, सहायक प्राध्यापक मनोज पाण्डे, शिवहरी शर्मा, भुतपुर्व बिद्यार्थीहरु मिलन बस्नेत, गणेशबहादुर क्षेत्री, रामकुमार शर्मा, विना भण्डारी, कुमार थापा, तुल बहादुर थापा, राजिव उदास, अभिषेक चौधरी लगाएतले मानविय जिवनका लागि रक्तदानको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । 

    समाजका अध्यक्ष श्याम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।