२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

लायन्स सिद्धार्थनगर र लोटसद्वारा निःशुल्क आँखा परीक्षण कार्यक्रम

शनिवार , मंसिर २७, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २७ मंसिर । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले संयुक्त रुपमा निःशुल्क आँखा परीक्षण कार्यक्रम गरेका छन् । क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा कार्यक्रम गरेका हुन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यका अनुसार कार्यक्रममा ९२ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ४४ जनालाई औषधी र ७ जनालाई चश्मा वितरण गरिएको थियो । यस्ता कार्यक्रमले आँखाको हेरचाह गर्नुपर्छ भन्ने विद्यार्थीहरुमा सचेतना अभिवृद्धि गर्ने र रोगको पहिचान गर्न सहयोग पुर्याउने अध्यक्ष आचार्यले बताउनुभयो । 

    sivir.jpg

    कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले सामाजिक कामको धेरै महत्व रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरणको पहिलो खुड्किलो लायन्स क्लब रहेको महसुस गरेको बताउनुभयो । विगतमा लायन्स धनीको संस्था हो भन्ने मानसिकता परिवर्तन भएको छ, ’उहाँले भन्नुभयो–‘लायन्सबाट धेरै कुरा सिक्न सकिन्छ ।’

    नेतृत्व गर्न सक्छु भन्ने सोचका साथ अघि बढ्न उहाँले आग्रह गर्नुभयो । लायन्सले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको र लायन्सले गरेका कामहरुको समाजको मूल्यांकन गरेको उहाँले बताउनुभयो । त्यस्तै रिजन चेयरपर्सन सुनिल सेन्चुरीले आँखा सम्बन्धी कार्यक्रम गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसलाई धन्यवाद दिनुभयो । 

    श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले लायन्सले विद्यालयमा धेरै कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले ती कार्यक्रमबाट विद्यालय लाभान्वित भएकाले र आगामी दिनमा पनि लायन्सले कार्यक्रम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्य र लायन्स सिद्धार्थनगर लोटसको अध्यक्ष सरिता आचार्यको अध्यक्षता, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक टीकाराम भट्टराईको स्वागत तथा लायन्स सिद्धार्थनगर लोटसको सचिव शान्ता योगी रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    श्रीकृष्ण नेत्रालय, प्रा.लि.भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक सुनैना के.सी.ले बताउनुभयो ।

    mmmmm.jpg