२०८२, मंसिर २६ गते

Dec 12 2025 | २०८२, मंसिर २६ गते

सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

शुक्रवार , मंसिर २६, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौं, २६ मंसिर । नेपाली सेनामा ३ सय ८८ जनाको लागि  रोजगारी खुलेको छ ।

    नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै  रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।

    खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।

    प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।