२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

बिहिवार , मंसिर २५, २०८२

  • 406
    Shares
  • 406
    Shares
  • काठमाडौं, २५ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ ।

    बिहीवार बिहान पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बसेको हो । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल शुरु भएको छ ।

    जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ । आज १४ वटै समितिका संयोजकहरुले आफ्नो–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भुमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ ।