२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा काशीमा विविध कार्यक्रम

बिहिवार , मंसिर २५, २०८२

  • 517
    Shares
  • 517
    Shares
  • भैरहवा, २५ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत काशी नोबल एकेडेमी सिद्धार्थनगरले विभिन्न कार्यक्रम गरेको छ । 

    विद्यालयमा अध्ययनरत कक्षा ४, ५ र ६ का विद्यार्थीहरुलाई चित्रलेखन प्रतियोगिता, कक्षा ७, ८ र ९ का विद्यार्थीबीच अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता र कक्षा ७, ८, ९ र १० का विद्यार्थीबीच निबन्धलेखन प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।  

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले पुरस्कार वितरण गर्दै विद्यार्थीलाई प्रोत्साहित गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक प्रमुख कार्कीलाई विद्यालयले स्वागत पनि गरेको थियो ।  

    कार्यक्रममा निबन्धलेखन प्रतियोगिताका संयोजक तेज प्रसाद पन्थ, वक्तृत्वकला प्रतियोगिताका संयोजक सोभना पाण्डे, अतिरिक्त क्रियाकलाप संयोजक चन्द्रकान्त भुषाल, शिक्षक सरस्वती बस्नेत, मिरा सारु, विद्यालयका सह–प्राचार्य श्री रायमाझी
    लगायत शिक्षक–कर्मचारीको उपस्थिति थियो । 

    कार्यक्रमको सञ्चालन विद्यालय को–ओर्डिनेटर हरि प्रसाद आचार्यले गर्नुभएको थियो। ‘प्रविधिको सही प्रयोग गरौं, लैगिक हिंसा अन्त्य गरौं भन्ने नारासहित यस वर्षको दिवस मनाइएको छ ।