२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

मानव अधिकार दिवसको अवसरमा जनकपुरमा नेपाल बारको प्रभातफेरी

बुधवार , मंसिर २४, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौं, २४ मंसिर ।  मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले जनकपुरधाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । 

    मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नारासहित जनकपुरधाममा बुधवार बिहान प्रभातफेरी गरेको हो । बारले आजबाट मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१ औं केन्द्रिय कार्यकारिणी परिषद्को बैठक समेत शुरु गरेको छ ।

    प्रभातफेरी कार्यक्रममा उपस्थित कानूनकर्मीहरुले सुशासन कायम गर, लोकतन्त्रको जग सबल बनाउ, नागरिक अधिकारको संरक्षण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    प्रभातफेरी कार्यक्रमपछि बोल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले हरेक वर्ष आफूहरुले मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने जनकपुरधाममा मनाउन लागिएको बताउनु भयो । वर्षभरका मानव अधिकारका गतिविधिबारे बहस र छलफल हुने जानकारी दिनुभयो । 

    छलफलपछि बारले जनकपुरधाम घोषणापत्र जारी गर्ने बताउनु भयो ।