२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

मंसिर २० देखि ‘प्रथम भैरव नक आउट फुटबल प्रतियोगिता’

बिहिवार , मंसिर १८, २०८२

  • 166
    Shares
  • 166
    Shares
  • भैरहवा, १८ मंसिर । श्री भैरव युवा क्लब, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, नयाँ गाउँ, रानी गाउँ, रुपन्देहीको आयोजनामा ‘प्रथम भैरव नक आउट फुटबल प्रतियोगिता’ हुने भएको छ ।

    यही मंसिर २० देखि २७ गतेसम्म पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो । लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप निकट भविष्यमा आयोजना गरी सिद्धार्थनगरलाई खेलकुदमय बनाउने सपना र बचेको रकमबाट पक्लिहवा माविमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    प्रतियोगिताबारे जानकारी दिन बिहीबार सिद्धार्थनगर–१ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै क्लबका सल्लाहकार तथा युवा समाजसेवी सुशील गुरुङले रुपन्देही तथा नवलपरासी जिल्लाका गरी ८ वटा फुटबल क्लबहरुको सहभागीता रहने बताउनुभयो । प्रतियोगितामा सहभागी हुने क्लबमा श्री भैरव युवा क्लब पक्लिहवा, सिद्धार्थनगर, अञ्चलपुर युवा क्लब सिद्धार्थनगर,

    लिस्नु युवा क्लब कोटिहवा, तिलोत्तमा, सम्पुर्ण युवा क्लब सुपौली, तिलोत्तमा, फर्साटिकर युवा क्लब, शुद्धोदन, भैरव युवा क्लब रामग्राम, नवलपरासी, ठुटीपिपल युवा क्लब, ओमसतिया र मोन्सस्टार गाइज सुनवल, नवलपरासी रहेका छन् । सल्लाहकार गुरुङका अनुसार प्रतियोगिताको विजेता टीमले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा कप, मेडल र प्राप्त प्राप्त गर्नेछन् ।

    त्यसै गरी प्रतियोगितामा सर्वोत्तम खेलाडीलाई १० हजार, सर्वोत्तम गोलकिप्पर, सर्वोत्तम डिफेन्डर, सर्वोत्तम मिडफिल्डर र सर्वोत्तम स्ट्राइकरलाई ७ हजार र दैनिक रुपमा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।
    आयोजकका अनुसार प्रतियोगितामा नेपाल मात्र नभइ मित्रराष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्वखेलाडीहरु चेतन गुरुङ, अशोक गुरुङ, किशन थापा, श्याम गुरुङ, अशोक राना (वाङ्ग) र बुद्धिराम नेपालीलाई फुटबलमा योगदान गरेवापत सम्मान गरिनेछ ।

    प्रतियोगिता आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने सल्लाहकार सुशील गुरुङले बताउनुभयो । प्रतियोगितामा सहकार्य गरेको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले ५ लाख रुपैयाँ सहयोग गर्ने र बाँकी रकम देश–विदेशमा रहेका शुभेच्छुक, खेलप्रेमी, उद्योगी–व्यवसायी तथा दैनिक रुपमा टिकट विक्रीबाट केही रकम प्राप्त हुने उहाँले बताउनुभयो ।

    ‘स्वास्थ्य नै धन हो’ भन्ने नारालाई आत्मसाथ गरी युवाहरुलाई कुलतबाट जोगाउन लुम्बिनी प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा करिब ५९ लाख रुपैयाँको लगानीमा पक्लिहवा माविमा अवस्थित फुटबल मैदानलाई अझ अत्याधुनिक र गुणस्तरीय बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    नन्द कुमार रानाको स्वागत तथा सुक बहादुर थापाको सञ्चालनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।