२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

बाल न्याय प्रणाली अझै पनि कमजोर

बिहिवार , मंसिर १८, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • रुपन्देही, १८ मंसिर । नेपालमा अझै पनि वाल न्याय प्रणाली पुर्ण रुपमा सुदृढ हुन सकेको छैन् । बालबालिकाहरुले गरेको कसूरजन्य कार्यको शुरु कार्वाही, सुनुवाई र किनारा गर्न छुट्टै इजलास र बाल अदालत गठन हुनु पर्ने भएपनि अहिले सम्म एउटा मात्रै बाल अदालत गठन भएको छ । 

    बालबालिकाको सर्वोत्तम हितका लागि बाल न्याय सम्बन्धी थुप्रै राष्ट्रिय कानुनहरु भएपनि कार्यन्वयन नहुँदा बाल न्याय प्रणाली सुदृढ हुन सकेको छैन् । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० मा बाल अदालत गठनको व्यवस्था गरिएपनि अहिलेसम्म काठमाण्डौ उपत्यकामा एउटा मात्रै बाल अदालत रहेको छ । 

    प्रयाप्त मात्रामा बाल अदालत नहुदा बालबालिका सम्बन्धी मुद्धाको सुनुवाई र किनारा लगाउन कठिनाई भईरहेको न्यायधिशहरुको भनाई छ । रुपन्देही जिल्ला अदालत, भैरहवाका जिल्ला न्यायधिश अशोककरमार बस्नेतले बाल इजलास र बाल अदालतको अभावका कारण न्याय सम्पादनमा कठिनाई भएको बताउनु भयो । 

    उहाँले जिल्ला स्तरमा बाल इजलास सञ्चालनमा समस्या रहेको भन्दै समाधानका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

    केन्द्रिय बाल न्याय समितिको सचिवालयको सहयोगमा जिल्ला बाल न्याय समिति रुपन्देहीको आयोजनामा भएको नेपालको बाल न्या प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको भुमिका सम्बन्धी एक दिवसिय अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बाल न्यायको मर्म अनुसार कार्य सम्पादन गर्नु पर्नेमा जोड दिनुभएको छ । 

    सर्वोच्च अदालतका न्यायधिस तथा केन्द्रिय बाल न्याय समितिका अध्यक्ष तिल प्रसाद श्रेष्ठले नीतिगत, संरचनागत र कार्यन्वयन तहमा समस्या रहेको बताउनु भयो । उहाँले बाल न्याय प्रणाली सुदृढ बनाउन कानुनमा व्यापक रुपमा व्याख्या गरिएपनि कार्यन्यनमा निकै कठिनाई रहेको बताउनु भयो । 

    बाल ईजलास रुपन्देहीका समाजसेवी सदस्य तथा कानुन व्यवसायि सुनिल कुमार त्रिपाठीले बाल न्याय सम्पादनमा समाजसेवी र बाल मनोविज्ञको भुमिका, समस्या र समाधानका उपायबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

    उहाँले बालबालिकाको मुद्धाका लागि छुट्टै युनिट गठन हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि सुविधा सम्पन्न बाल अदालत र बाल सुधार गृह हुनु पर्ने बताउनु भयो । उहाँले शुरु अदालत जस्तै उच्च र सर्वोच्च अदालत समेतमा बाल इजलास हुनु पर्नेमा जोड दिनुभयो । 

    उच्च अदालत तुल्सपुर बुटवल इजलासका प्रमुख बासुदेव आचार्यले बालकको र बयस्कको मुद्धा एकै ठाउँमा आउदा समस्या हुने बताउनु भयो । मिसिल जोडिएका कारण कतिपय बालबालिकाको मुद्धा पुनरावेदन हुन आएको बताउदै उहाँले मुद्धा छुट्टाएर न्याय सम्पादन गर्नु पर्ने बताउनु भयो । 

    बाल न्यायलाई प्रभावकारी बनाउनका लागि न्यायपालिकादेखि कानुनव्यवसायि र बालमनोविज्ञ देखि समाजसेवी समेतले आ आफ्‌नो ठाउँबाट कामगर्नु पर्ने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख तथा जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको भनाई छ ।