बिहिवार , मंसिर १८, २०८२
भैरहवा, १८ मंसिर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति सदस्यमा रुपन्देहीका मोहम्मद अली मनोनित हुनुभएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । सिद्धार्थनगर नगरपालिका–४ निवासी युवा नेता अली जसपा रुपन्देहीको जिल्ला इञ्चार्ज समेत हुनुहुन्छ ।
नेता अलीले आफूलाई जिम्मेवारी प्रदान गर्ने केन्द्रीय समितिप्रति आभार व्यक्त गर्दै पार्टीको काममा निरन्तर खट्ने तथा देश र जनताको पक्षमा काम गरिरहने बताउनुभयो ।
जसपाको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य, संघीय परिषद् सदस्य र केन्द्रीय निकायमा सदस्यहरु थप गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij