२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

बिहिवार , मंसिर १८, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • काठमाडौं, १८ मंसिर । लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठले बुधबार दिउँसो लुम्बिनी विकास कोषको केन्द्रिय कार्यलयमा हाजिरी गरेर पदभार ग्रहण गर्नुभएको छ ।

    श्रेष्ठलाई सदस्य सचिवमा मनोनित प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले गर्नुभएको हो ।  केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गर्नुभएको थियो  । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उहाँ २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो । 

    WhatsApp Image 2025-12-03 at 6.00.01 PM (2).jpeg

    अख्तियारमा उहाँले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गर्नुभयो । उहाँलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादन लागि पुरस्कृत गरेको थियो । पछिल्लो समय उहाँले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहनुभएको थियो ।