२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : तेस्रो दिनसम्म १२ खेल सकियो

बुधवार , मंसिर १७, २०८२

  • 538
    Shares
  • 538
    Shares
  • बुटवल, १७ मंसिर । रुपन्देहीको बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । 

    मंगलबार पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ । त्यस्तै दोस्रो खेलमा सिद्धेश्वरी लालकुमारी माविलाई  १–० ले हराउँदै त्रिभुवन चिल्ड्रेन्स एकेडेमी अगाडि बढेको छ । मंगलबार नै भएको तेस्रो खेलमा होराईजन इंगलिश बोर्डिङ स्कूलले ३–१ ले कान्ति माविलाई हराउँदै विजयी भएको छ । 

    त्यस्तै चौथो खेलमा होराईजन जिबिएसले सैनामैना माविलाई ट्राईबेकरमा हराउँदै अगाडि बढेको छ । सिद्वेश्वरी खेल मैदानमा भएको पाँचौ खेलमा दुर्गा सेकेण्डरी स्कूललाई २–० गोल अन्तरले हराउँदै एभरेष्ट उच्च मावि बुटवल विजयी भएको छ । 

    त्यसै गरी मंगलबार भएको अन्तिम तथा छैठौं खेलमा सेन्ट जोसेफले मणिमुकुन्द स्कूललाई २–० गोलले हराउँदै अगाडि बढेको प्रतियोगिता संयोजक पवन बस्यालले जानकारी दिनुभयो । मंगलबारको खेलमा मिलन माबो, कृष्ण ओली, सोहन थापा, आजु सारु, दिपेन्द्रराज बुढा र हिमाल परियार म्यान आफदी म्याचका रुपमा पुरस्कृत भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिनुभयो ।

    म्यान अफ दिन म्याचलाई ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । बुधबारदेखि पहिलो चरणको खेल सकिएर क्वाटर फाईनलका लागि दोस्रो चरणको खेल हुने उहाँले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५५ हजार ५ सय ५५, उपविजेतालाई ३३ हजार ३ सय ३३ र उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँबाट पुरस्कार गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो ।

    गत वर्षको प्रतियोगितामा स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।