२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

बेलहिया माविमा सचेतना कार्यक्रम सम्पन्न

सोमवार , मंसिर १५, २०८२

  • 664
    Shares
  • 664
    Shares
  • भैरहवा, १५ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहिया माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा भएको कार्यक्रममा ४८ जना विद्यार्थीहरुको सहभागीता थियो । 

    सहभागीलाई माइती नेपालका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरणसहित प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ मा भएका कानूनी व्यवस्था सम्बन्धी विषयमा पनि जानकारी गराइएको थियो । 

    कार्यक्रममा विद्यालयको प्रधानाध्यापक बिना भण्डारी लगायतले बोल्नुभएको थियो । ‘प्रविधिको सही प्रयोग गरौं, लैगिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित यस वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदैछ ।

    यसैबीच विश्व एड्स दिवस २०२५ को पूर्व सन्ध्यामा आइतबार साँझ बेलहियामा दीप प्रज्वलन कार्यक्रम बेलहियामा सम्पन्न भएको छ । एचआइभी एड्सबाट दिवंगतको सम्झनामा सीमा नाका बेलहियामा कार्यक्रम गरिएको हो । एचआइभी संक्रमणबारे प्रचारप्रसार गरी एड्स महामारीलाई रोक्न सचेतना तथा जागरुकता बढाउँदै एड्सबाट मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्जवलन कार्यक्रम गरिएको हो । 

    WhatsApp Image 2025-12-01 at 12.55.12 PM.jpeg

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एचआइभी एड्सविरुद्धको ऐक्यबद्धता जनाउँदै रातो रिबन वितरण तथा ग्रहण गरिएको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले बताउनुभयो ।