सोमवार , मंसिर ८, २०८२
भैरहवा, ८ मंसिर । रुपन्देहीका दुईजना उद्योगीलाई सम्मान गरिएको छ । उद्योग दिवस, २०८२ को अवसरमा सोमबार उद्योगी सीताराम उप्रेती र बसन्त रोका क्षेत्रीलाई सम्मान गरिएको हो ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको उद्योग प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक विष्णु कंडेलले बताउनुभयो ।
रुपन्देहीको आर्थिक विकासका लागि उद्योग क्षेत्रबाट योगदान पु¥याएको भन्दै एस.आर.गु्रपका सञ्चालक उप्रेती र माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि.का सञ्चालक रोका क्षेत्रीलाई सम्मान गरिएको हो ।
दुवै उद्योगीलाई चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्का र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीका निमित्त प्रमुख पुष्पराज पाण्डेले खादा लगाइ सम्मान–पत्रद्वारा सम्मान गर्नुभएको हो ।
चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सुरु भएको हो । महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij