सोमवार , मंसिर ८, २०८२
भैरहवा, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको निरीक्षण गर्नुभएको छ । सोमबार उहाँले अस्पतालको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा डा.गौतमले अस्पतालले देश–विदेशका आँखाका बिरामीहरुलाई प्रदान गर्दै आएको सेवाको प्रशंसा गर्नुभएको रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले मन्त्री गौतमलाई स्वागत गर्नुभएको थियो । त्यस्तै अस्पतालका बारेमा व्यवस्थापक प्रकाश रायमाझीले जानकारी गराउनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij