२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

प्राध्यापकहरुको लापरवाहीका कारण नतिजा प्रकाशनमा ढिलाई हुन्छ : मन्त्री पुन

सोमवार , मंसिर ८, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौं, ८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ ।

    आईतवार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको   हो ।

    चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘एसईई र कक्षा १२ मा जम्मा ४, ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरुको लापरबाही देखिन्छ । यस्ता कुराहरुको समाधान गर्नैपर्छ ।

    मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयहरुका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरुको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ ।

    विश्वविद्यालयहरुमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिष्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’ 

    उहाँले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।