आइतवार , मंसिर ७, २०८२
भैरहवा, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेड भैरहवा शााखाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार रुपन्देहीको देवदह नगरपालिका–९, घोडाहास्थित श्री सन्दीप आधारभूत विद्यालयका ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाकसुट) सेट वितरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक सुरज भट्टराईले बताउनुभयो ।
सोही अवसरमा बोल्नुहँदै प्रमुख अतिथि बैंकको लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । बैंकले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर जि.सी. बैंकले न्यानो कपडा वितरणका लागि विद्यालयलाई छनौट गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारी, बैंकको देवदह शाखा प्रबन्धक कविता शर्मा, भैरहवा शाखाका कर्मचारी माधव पाण्डे लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij