आइतवार , मंसिर ७, २०८२
काठमाडौं, ७ मंसिर । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैँ गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनु भयो ।
संकटको घडीमा सबै एक हुनुपर्ने बताउनु भयो । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताउनु भयो । अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी सधैँ किन गरिब भइरहन्छाँै भन्दा हाम्रा नेतृत्व गर्नेहरु, राजनीति गर्नेहरुले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ ।
संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रुपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौँ । तसर्थ अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’
अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij