आइतवार , मंसिर ७, २०८२
भैरहवा, ७ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभा २०८२ पुस २६ गते हुने भएको छ । संघको साधारण सभा आगामी पुस २६ गते शनिबारका दिन गर्ने निर्णय भएको अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेले आइतबार सूचना जारी गर्दै सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्न अनुरोध समेत गर्नुभएको छ । २०११ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij