शनिवार , मंसिर ६, २०८२
भैरहवा, ६ मंसिर । लुम्बिनी होटल संघ नेपालको सातौं वार्षिक साधारण सभा तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । शनिबार लुम्बिनीमा सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि लीलामणि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भुपेन्द्र गुरुङ, महासचिवमा टिका कुमारी कट्टेल, सचिवमा एकराज कण्डेल, कोषाध्यक्षमा दिपक पंगेनी र सह–कोषाध्यक्षमा धिरज भण्डारी निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त तथा संघका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले बताउनुभयो । त्यस्तै सदस्यहरुमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दिपेन्द्र लाल बनियाँ, अशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य र जनक बहादुर सोमई मगर निर्वाचित हुनुभएको बन्जाडेले जानकारी दिनुभयो ।
त्यसै गरी संघको वरिष्ठ सल्लाहकारमा हेम बहादुर बिष्ट, सल्लाहकारमा निवार्तमान अध्यक्ष मिथुन मान श्रेष्ठ, वाणिज्य सल्लाहकारमा राजेश काजी श्रेष्ठ, प्रेस सल्लाहकारमा दीपेन्द्र बडुवाल, सल्लाहकारमा कृष्ण गुरुङ, पुरुषोत्तम अर्याल र अख्तर हुसेन रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडेले माला लगाएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले पर्यटन क्षेत्रको विकासका लागि सम्पूर्ण टीम अगाडि बढ्ने बताउनुभयो । उहाँले लुम्बिनीका होटलका सेवालाई अझ गुणस्तरीय बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि संघले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij