२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

बिहिवार , मंसिर ४, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • काठमाडौं, ४ मंसिर । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीलाले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । 

    प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेर अघि शुरु भएको हो । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागि हुनुहुन्छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    जेन—जी युवाहरूले बुधवार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

    आज पनि आन्दोलन जारी राखेपछि बारामा बेलुका ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ । सिमराको अवस्था बिहीवार पनि सामान्य नभएपनि परिषद् बैठक बोलाइएको हो ।