२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

वर्तमान सरकारले चुनाव गराउन सक्दैन : खगराज अधिकारी

सोमवार , मंसिर १, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • जनकपुर, १ मंसिर । वर्तमान सरकारले चुनाव गराउन गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताउनुभयो ।

    जेनजी आन्दोलनको क्रममा अपराधीहरु जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको उहाँले धारणा राख्नुभयो । सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उहाको भनाइ छ ।

    अधिकारीले प्रतिनिधि सभा पुनस्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधि सभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । 

    प्रतिनिधि सभा पुनस्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको उहाँको भनाइ छ । पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दावी गर्नुभयो । अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरु एकताबद्ध हुनुपर्ने सुझाव दिनुभयो ।