२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

श्रीलंका र भारतमा आयोजित कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई

शुक्रवार , कार्तिक २८, २०८२

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २८ कार्तिक । श्रीलंका र भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरिएको छ । नेपाल वादोरियो कराते डो.संघ, लुम्बिनी प्रदेशले शुक्रबार सीमा नाका बेलहियामा बिदाई कार्यक्रम गरेको हो ।

    यही  नोभेम्बर १६ तारिख श्रीलंकामा हुने ११ औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो.संघ, लुम्बिनी प्रदेशबाट भाग लिने टीम प्रशिक्षक कमरुद्दीन अली, खेलाडीहरु जीभक भट्टराई, कुवेर चौधरी, आयुश रेग्मी, आविष्कार श्रेष्ठ, सुशान्त खड्का, हर्षित इटानी र रियाना खनाललाई खादा र माला लगाएर विदाई गरिएको हो ।

    त्यस्तै नोभेम्भर १५ र १६ तारिखमा भारतमा आयोजना हुने इण्डो नेपाल इन्टरनेशनल कराते प्रतियोगिता–२०२५ मा सहभागी हुने खेलाडी लेनिस बुढाथोकी, दिपसन वि.क., विप्लव गोतामे, प्रसन्न ढुंगाना, यज्ञ काफ्ले, निराजन डुम्रे, ममता थापा, मिमोसा थापा नामजाली तथा टीम व्यवस्थापक लिखित बुढाथोकी, टीम प्रशिक्षक सागर काफ्ले, शोभाकर पन्थ र रेफ्री मनिष रोक्का मगरलाई बिदाई गरिएको हो । 

    यी खेलाडी र प्रशिक्षक एवं व्यवस्थापकहरु देवदह वादोरियो कराते डो एकेडेमी रुपन्देहीबाट हुनुहुन्छ । जापान कराते डो सितोरियो, इन्टरनेशनल, इण्डिया कराते कई इन्टरनेशनलको आयोजनामा भारतमा उक्त प्रतियोगिता हुन लागेको हो । खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्री, नेपाल वादोरियो

    कराते डो.संघ, लुम्बिनी प्रदेशका अध्यक्ष जनेश पन्थी, प्रदेशका संरक्षक तथा विशेष सल्लाहकार भरत बहादुर के.सी. लगायतले बिदाई गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै नगरप्रमुख खाँले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरुलाई शुभकामना दिनुभयो । उहाँले विभिन्न मुलुकमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपालका खेलाडीले विगतमा पदकहरु जितेको र यसपटक पनि जित्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै नेपाल वादोरियो कराते डो.संघ, लुम्बिनी प्रदेशका अध्यक्ष जनेश पन्थीले कराते खेलाडीले विभिन्न प्रतियोगितामा पदक जितेर नेपालको गरिमा बढाउन सफल भएको बताउनुभयो । उहाँले नेपाल वादोरियो कराते डो.संघ, लुम्बिनी प्रदेशले थुप्रै खेलाडी उत्पादन गर्न सफल भएको बताउनुभयो । नेपाल फर्केपछि पुनः खेलाडीहरुलाई सम्मान गरिने उहाँको भनाइ छ ।

    संघको लुम्बिनी प्रदेशका संरक्षक तथा विशेष सल्लाहकार भरत बहादुर के.सी.ले नेपालबाट सहभागी हुने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै आफूहरु खेलाडीलाई नागरिक अभिनन्दन गर्न आतुर रहेको बताउनुभयो ।