शुक्रवार , कार्तिक २८, २०८२
काठमाडौं, २८ कार्तिक । जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रश्ताव गर्नुभएको छ ।
नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राख्नुभयो ।
अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह समेत दिनुभयो ।
अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ । त्यसको लागि न्याय होइन यो । सिंहदरवार जल्नु भनेको देश रुनु हो ।
पशुपतिनाथ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो । न्यायालय जल्नु भएको एकदम दुखद कुरा हो । यो सबै हुँदा निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन । हामीले एउटा सोलुशन खोज्नुपर्छ । र, जो पनि जेन–जी साथीहरु हुनुहुन्छ ।
तपाईहरुले सोझै निर्वाचन नभनिदिनुहोला । देश रोएको छ । सोझै निर्वाचनमा जाने, यो वैधानिक, त्यो बैधानिक, वैधानिकता त हामी पनि बुझदछौ । धेरैले बुझनुहुन्छ । यहाँ धेरै बुद्धिजीविहरु हुनुहुन्छ । बैधानिकता त अल्टिमेटली चाहियो । तर आन्दोलनको के अर्थ भयो ? केही न केही त चाहियो नि त ।
सो मेरो निष्कर्षको कुरा के हो भन्दाखेरी हामी बरु सर्वपक्षीय वार्ता गरौ । तर देशलाई निकास दिउँ । यही तरिकामा निर्वाचनमा जाने कुनै हुँदैनथ्यो, कुनै नगरुम । सर्वपक्षीय देशको ठूल्ठूला जो स्केटहोल्डरहरु हुनुहुन्छ ।
सबै जना एक चोटी वार्तामा आउ । कुरा गरौै । र, सामान्य नेपाली जनतालाई न्याय दिउ । यो देश रोएको अवस्था छ । हाम्रा युथहरु यति विदेश जानु भएको छ । अलिक टाईमा दोस्रो जेनेरेशन अफ नेपाली चाँही कोही पनि हुनुहुन्न होला ।
हामी सबै जना विदेश जाने, उतै सेटल हुने । अनि, दोस्रो पुस्तालाई कहिले दिन्छ नेपालमा । त्यो गर्दा त हाम्रो देशनै हराउने भर्जमा छ नि त । पपुलेशन चाहियो आखिरमा देश हुनलाई । सो यी कुराहरु छन । र, यी केही नगरी हामी निर्वाचनमा गयौ भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ ।
सो त्यही कुरा भन्दै म सबै स्टेकहोल्डर्सलाई वार्तामा आउ, डिसाईड गरौ निर्णय गरौ । र, त्यसपछि मात्रै निर्वाचनमा जाने र देशलाई बैधानिकता दिने । यी कुराहरु गरौ ।’
अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij