बुधवार , कार्तिक २६, २०८२
काठमाडौं, २६ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’
गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij