२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

पक्लिहवा माविलाई तेक्वान्दो खेलका सामग्री हस्तान्तरण

बुधवार , कार्तिक २६, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २६ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय यहाँस्थित पक्लिहवा माध्यमिक विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको तेक्वान्दो खेलका सामग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ र प्रधानाध्यापक बसन्त कुमार बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    तेक्वान्दो खेलको माध्यमबाट नेपाली खेलाडीले देशको नाम विश्वमै चिनाउन सफल भएकाले खेलको सम्मान र खेलाडीलाई प्रोत्साहन गर्न सामग्री हस्तान्तरण गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो । वडा कार्यालयले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, उहाँले भन्नुभयो गत आर्थिक वर्षमा पक्लिहवा माविको फुटबल मैदान स्तरोन्नतिका लागि ११ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    चालु आर्थिक वर्षमा फोहरमैला व्यवस्थापन पक्लिहवा माविको फुटबल मैदानको लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको वडाअध्यक्ष पोखरेलले जानकारी दिनुभयो । त्यसै गरी भैरव क्लबलाई फुटबल प्रतियोगिता सञ्चालन र लुम्बिनी खुकुरी क्लबलाई क्रिक्रेट प्रतियोगिता सञ्चालनका लागि ५/५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षता, वडाअध्यक्ष पोखरेलको प्रमुख आतिथ्यता, वडा सदस्य मिन बहादुर गुरुङको आतिथ्यता, युवा समाजसेवी तेजेन्द्र गुरुङ (शक्ति), प्रशिक्षक सुल्तान शेख लगायतको आतिथ्यतामा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-11-11 at 1.17.13 PM.jpeg

    विद्यालयका शिक्षक देवी न्यौपानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।