शुक्रवार , कार्तिक २१, २०८२
काठमाडौं, २१ कार्तिक । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो ।
सुनको मूल्यसँगै चाँदीको पनि मुल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । दसै तिहार अघिसम्म सुनको भाउ निरन्तर बढेपनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुईसाता अघिबाट भाउ बढ्न थालेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij