२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

बुटवलमा नौमति साँस्कृतिक साँझ सम्पन्न

शुक्रवार , कार्तिक २१, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • बुटवल, २१ कार्तिक । पञ्चेबाजाको पाँच ताल र नौमती बाजाले बिहीबार बुटवलको कालिकानगर निकै गुञ्जियो । कालिका स्पोट्र्स क्लब बुटवलले बिहीबार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा महिला कलाकारहरुले पञ्चेबाजा र नौमती बाजाका नयाँ नया तालमा दर्शकहरुलाई नचाए । कालिका स्पोट्र्स क्लबले सिन्धुली कलाघरको विशेष प्रस्तुतिसहित कार्यक्रम आयोजना गरेको थियो ।

    यसैबीच बुटवल उपमहानगरको सहयोगमा निर्मित कालिका स्पोट्र्स क्लबको खेल मैदान र नवनिर्मित शौचालयको बिहीबार उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सास्ँकृतिक कार्यक्रमको माध्यमबाट समाजमा देखा परेका विकृति विसंगतिविरुद्धमा जनचेतना फैलाउनु प्रशंसनीय भएको बताउनुभयो ।

    WhatsApp Image 2025-11-06 at 9.34.02 PM.jpeg

    बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुनले कालिका स्पोट्र्स क्लबले स्थापनाको छोटो समयमा गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि क्लबले वडा कार्यालयसँग सहकार्य गर्दै रचनात्मक कार्य गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

    कालिका स्पोट्र्स क्लब तथा साँस्कृतिक कार्यक्रमका संयोजक होम बहादुर गलामीले साँस्कृतिक कार्यक्रमबाट बचेको रकमबाट खुल्ला व्यायामस्थल निर्माण गर्ने बताउनुभयो ।  खेलमैदानको स्तरोन्नति गर्न र कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    कार्यक्रममा महिला कलाकारहरुले पञ्चेबाजाका ताल गुन्जाए । त्यति मात्रै होइन महिला कलाकारहरुले आफूसंगै दर्शकहरुलाई पनि नचाएका थिए । संस्थाको उपाध्यक्ष ज्ञान कुमारी रानाको अध्यक्षता, सचिव मिन सारुको सञ्चालन तथा कार्यक्रम संयोजक होम बहादुर गलामीको स्वागतमा कार्यक्रम भएको थियो ।