२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

‘उजुरी तथा गुनासोलाई तदारुकताका साथ सम्बोधन गर्न ‘एक्सन’ मा जान्छौं’

बुधवार , कार्तिक १९, २०८२

  • 304
    Shares
  • 304
    Shares
  • भैरहवा, १९ कार्तिक । रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव प्रसाद पोखरेलले जनतासँग प्रत्यक्ष जोडिएको विषयलाई क्रमशः कार्यान्यवन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले जिल्लाको प्रशासनिक नेतृत्वको हिसाबले आफूकहाँ आउने उजुरी तथा गुनासोलाई तदारुकताका साथ सम्बोधन गर्नका लागि ‘एक्सन’ मा जाने बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय लमजुङबाट सरुवा भइ रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका पोखरेलले यस्तो बताउनुभएको हो ।

    मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसँगको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सुशासन र जनतालाई प्रदान गरिने सेवा प्रवाह आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । ‘सुशासन कायम गर्नका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुन्छ, सुशासन कायम गर्न हामी मिलेर अघि बढ्नुपर्छ । एकआपसमा सहकार्य गरेर विभिन्न कार्यक्रम गर्न सकिन्छ,’उहाँले भन्नुभयो ।

    Madhav Prasad Pokhrel.jpg

    आफ्नो जिम्मेवारी राजनीतिक नभइ प्रशासनिक नेतृत्व गर्ने रहेको उहाँले बताउनुभयो । माला र खादा लगाएर स्वागत थाप्दै हिंड्ने आफ्नो चाहना नभएको उहाँले स्पष्ट पार्नुभयो । एउटा सीमामा रहेर गरिने स्वागत कार्यक्रमलाई मात्र आफूले स्वीकार गर्ने प्रजिअ पोखरेलको भनाइ छ । ‘माला र खादा लगाउँदै स्वागत कार्यक्रममा धेरै हिंड्ने चाहना मेरो छैन । स्वागत थाप्न घरघर र होटलहोटल जाँदैन । स्वागत गर्न चाहने संघ–संस्थाहरुलाई यही कार्यालयमा आएर गर्न भनेको छु, ’उहाँले भन्नुभयो ।