२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

क्यानन माविमा सोल्टी होटलका क्लस्टर डाइरेक्टर श्रेष्ठद्वारा प्रशिक्षण

आइतवार , कार्तिक १६, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, १६ कार्तिक । क्यानन माध्यमिक विद्यालय बुटवल, रुपन्देहीले करिअर आवर अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम गरेको छ । सिक्दै कमाउँदै (लर्निङ बाई अर्निङ) का लागि सुरु गरिएको करिअर आवरमा होटल म्यानेजमेन्टको भविष्य, पढ्दै कमाउन सकिने उपाय र नेतृत्व विकासका बारेमा प्रशिमाक्षण दिइएको हो । 

    विद्यालयले प्रत्येक महिना गेस्ट अफ दी मन्थको रुपमा विभिन्न विधाका ख्यातीप्राप्त व्यक्तित्वहरुलाई आमन्त्रण गरी विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उद्देश्यले कार्तिक महिनामा गेस्ट अफ दि मन्थको रुपमा सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरी कार्यक्रम गरेको जनाइएको छ । 

    विद्यार्थीहरुले किताबी ज्ञानसँगै बाहिरी व्यवहारिक र प्रयोगात्मक ज्ञान बढाउन विभिन्न ख्यातीप्राप्त विशिष्ट व्यक्तिहरुबाट प्रशिक्षण दिने गरिएको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले अतिरिक्त शुल्क नलिएर विद्यार्थीका लागि कोर्षबाहेकका विषयमा यस्तै रचनात्मक कार्यक्रममा सहभागी गराउने गरिएको जानकारी दिनुभयो । 

    हस्पिटालिटीमा पीएचडी गरी करिब २५ वर्षको अनुभव प्राप्त गर्नुभएका डा. श्रेष्ठले देशविदेशमा हस्पिटालिटी क्षेत्रको अवस्था, होटल म्यानेजमेन्टको महत्व, आवश्यकता र सम्भावनाका बारेमा जानकारी गराउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई नेतृत्व विकास, उत्प्ररेणाका विभिन्न टिप्सहरु बताउनुभएको थियो ।

    त्यस्तै क्यानन माविबाट आउने विद्यार्थीहरुलाई प्रत्येक वर्ष १० देखि १५ जनालाई सोल्टी होटल अन्तर्गत रुपन्देहीमा सञ्चालित टाईगर प्यालेसमा पेयड ईन्टनसिप दिने प्रतिवद्धता समेत जनाएको प्लस टु संयोजक पवन बस्यालले जानकारी दिनुभयो । कक्षा ११ र १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरु करिअर आवरमा सहभागी भएका थिए ।