२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा

आइतवार , कार्तिक १६, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • काठमाडौं, १६  कार्तिक । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । 

    निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरु ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

    आफूहरू लामो समयदेखि न्युन तलव, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको आरोप छ । नेपाल सरकारको ऐनअनुसार तलव स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ ।

    मन्त्रालयबाट पटक–पटक सूचना जारी भएपनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र आफूहरु बाध्य भएर आन्दोलनमा उतरिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताउनु भयो । 

    जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।

    आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरुको भनाइ छ ।