२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

रोहिणीद्वारा एनएसपीएलमा सहभागी हुने खेलाडीलाई सम्मान

शुक्रवार , कार्तिक १४, २०८२

  • 670
    Shares
  • 670
    Shares
  • भैरहवा, १४ कार्तिक । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)-२०२५ क्रिकेटमा सहभागी हुन लागेका खेलाडीलाई रुपन्देहीको रोहिणी गाउँपालिकाले सम्मान गरेको छ । यही कार्तिक १५ गतेदेखि सुरु हुन लागेको एनएसपीएलमा सहभागी हुन लागेका खेलाडीलाई सम्मान गरेको हो ।

    बिहीबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भगवती न्यौपानेले खेलाडीलाई सम्मान गर्नुभएको हो । उहाँहरुले रोहिणीमा स्थायी बसोबास गर्ने खेलाडीहरु एनएसपीएलमा छनौट हुनु सम्पूर्ण गाउँपालिकाबासीको लागि पनि गर्वको विषय भएको बताउनुभयो । खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी गाउँपालिकाको गरिमा अझ उचो बनाउने भन्दै उहाँहरुले शुभकामना दिनुभयो ।

    रोहिणी गाउँपालिका–४ सेमरहवाका रुपेश कुर्मी लुम्बिनी राईडर्सबाट खेल्दै हुनुहुन्छ । उहाँ उक्त टीमको क्याप्टेन समेत हुनुहुन्छ । त्यस्तै रोहिणी–१ श्रीरामपुरका इन्द्रजीत यादव (धिरु) कर्णाली हाईल्याण्डर्सबाट खेल्ने स्थानीय श्यामवली धवलले बताउनुभयो ।

    WhatsApp Image 2025-10-30 at 3.10.40 PM.jpeg
    इन्द्रजीत यादव (धिरु)

    डिजिआर स्पोर्ट्सको आयोजनामा पहिलोपटक हुन लागेको टेनिस बल नाइट क्रिकेट मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दश ओभर (टी१०) को फर्म्याटमा खेलाइने यस प्रतियोगिता कूल ७ टोलीको सहभागिता रहनेछ ।