२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

सिद्धार्थ उवासंघको सचिवालय शुक्रबार बन्द रहने

बिहिवार , कार्तिक १३, २०८२

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, १३ कार्तिक । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा मजदूर नेता कमल निधनले संघ परिवार अत्यन्तै मर्माहित भएको जनाएको छ । बिहीबार संघको अगुवाइमा उद्योगहरुको विद्युत कटौतीविरुद्धको आन्दोलनलाई सम्बोधन गर्दागर्दा गौतमको निधन भएकोप्रति दुःख व्यक्त गरेको हो ।

    संघले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । स्व.गौतमको सम्मानस्वरुप कार्तिक १४ गते शुक्रबार (भोली) सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालय बन्द रहने निर्णय गरिएको अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।