२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति पाउँदैनन् : वरिष्ठ अधिवक्ता त्रिपाठी

बुधवार , कार्तिक १२, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा, १२ कार्तिक । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने बताउनुभएको छ । उहाँले एउटा अत्यन्तै सुनियोजित तरिकाले जेलबेक्र र जेल तोड्न लगाइएको बताउनुभयो ।

    मंगलबार रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो बताउनुभएको हो \ । उहाँले हजारौंको संख्यामा जेलबाट अपराधी बाहिरिएको बताउनुभयो ।

    ‘ती जेलबाट छुटेका अपराधीहरुले सर्वोच्च, विशेष, उच्च र जिल्ला अदालत जलाए । उनीहरुलाई के लाग्यो भने यो अदालत जलायो भने हाम्रो फाइल जल्छ र हामीले उन्मुक्ति पाउँछौं । एउटा कुरा उनीहरुले कान खोलेर सुन्न जरुरी छ, जति नै फाइल जल्दैमा उनीहरुले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कही न कही छ, हामी वकीलहरुसँग छ, ’उहाँले भन्नुभयो–‘सरकारवादी मुद्दाको फाइल सरकारी वकीलसँग छ, अर्को निकायमा होला नी, सर्वोच्च अदालतमा मुद्दा छ भने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नी ?’ ....

    उहाँले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । उहाँले अब मुलुकको पहिलो र सबैभन्दा महत्वपूर्ण एजेण्डा भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभयो । त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाधलीरहित हुनुपर्नेमा जोड दिनुभयो । ‘आम नागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ, ’उहाँले भन्नुभयो–‘सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरु गर्न जरुरी छ । ’उहाँले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    ‘हिजोका सरकारहरु जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहना अनुसार काम भइरहेको दिएन, ’उहाँले भन्नुभयो–‘जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएको थियो । तर, मुलुकमा जनताको म्याण्डेट नै अपरहित गरियो ।’

    वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजीले सहादत दिएर आएका उपलब्धीहरुलाई केही सक्रिय तत्वले बिलिन गर्न चाहेको बताउनुभयो । जेनजीहरुको योगदान प्रशंसनीय रहेको उहाँको भनाइ छ । उहाँले उद्योगी र व्यवसायी भन्दा नेताहरुसँग बढी पैसा भएको राज्य असफल राज्य भएको बताउनुभयो ।