२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

हिमपातमा फसेका दुई सय विदेशी पर्यटकसहित १५ सयको सेनाद्वारा उद्धार

बुधवार , कार्तिक १२, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • मनाङ , १२ कार्तिक । मनाङको हिमपातमा फसेका दुई सय बढी विदेशी पर्यटकसहित नेपाली सेनाले १ हजार ५ सयको उद्धार गरेको छ ।

    कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरु सहित विभिन्न स्थानमा फसेकाको उद्धार गरेको सेनाले जनाएको छ ।

    सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ ।