बुधवार , कार्तिक १२, २०८२
काठमाडौं, १२ कार्तिक । केही दिन यता ओरालो लागेको सुनको मूल्य बुधवार (आज) पनि घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य भने ४५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij