२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

मानवसेवा आश्रममा मनायो तरुण दल तिलोत्तमाले स्थापना दिवस

मंगलवार , कार्तिक ११, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • तिलोत्तमा, ११ कार्तिक । नेपाल तरुण दल तिलोत्तमा नगर समिति, रुपन्देहीले ७३ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रममा कार्यक्रम सम्पन्न गरेको छ । समितिले २५ हजार बराबरको खाद्यान्नसहित खाना खुवाउने कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहीले समाजसेवामा समर्पित तरुण दलले गरेको मानवीय सेवाको कामले थप उर्जा मिलेको बताउनुभयो । उहाँले तरुण दलले समाजका लागि गरेको योगदानको कदर गर्दै नेपाली कांग्रेसको इतिहास बचाउन र समृद्ध समाज निर्माण गर्न सदैव तत्पर रहन आग्रह गर्नुभयो ।

    त्यस्तै कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले तरुण दलले मानवसेवामा समर्पित भइ गरेको कामको उच्च प्रशंसा गर्दै स्थापनाका दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले मानव जातिको सेवामा लागि समाज विकासमा टेवा दिने कार्य गरेकोमा तरुण दललाई धन्यवाद दिनुभयो ।

    कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि बाला कुमारी घिमिरे, बिना न्यौपाने, रुपन्देही क्षेत्र नम्बर २ (१) का उपसभापति तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर–६ का अध्यक्ष गणेश पाठक, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, जिल्ला सदस्य राजकुमार वाग्ले, तरुण दलका केन्द्रिय पार्षद बृजेश न्यौपाने, तिलोत्तमा–९ का अध्यक्ष ध्रुव न्यौपाने, लक्ष्मण गौतम, देवी प्रसाद न्यौपाने, कोपिला काफ्ले, कालिका अधिकारी लगायत तरुण दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

    तरुण दलका कार्यबाहक अध्यक्ष होम प्रसाद पौडेलको अध्यक्षता तथा कांग्रेसका जिल्ला सदस्य खिम क्षेत्रीले स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन क्षेत्री हापुले गर्नुभएको थियो ।