२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैन : मन्त्री गौतम

सोमवार , कार्तिक १०, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, १० कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताचउनुभएको छ । 

    सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताउनु भयो ।

    उपचाररत घाईतेमध्ये एक जना महिला रहनुभएको र उहाँमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताउनु भयो । अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिनुभयो ।

    दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको बताउनु भयो । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘केएमसीबाट ८३ जना जेन जी घाईतेहरुलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो ।

    जेन जी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’

    उहाँले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताउनु भयो ।