२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

सोमवार , कार्तिक १०, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • काठमाडौं, १० कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताउनुभएको छ ।

    क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए । ट्रम्पले यसलाई भ्रामक आरोप लगाए । बिहीवार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्की दिनुभएको छ । 

    एउटा विज्ञापनमा क्यानडाले धोका दिएको उहाँको आरोप छ ।