आइतवार , कार्तिक ९, २०८२
काठमाडौं, ९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ ।
शितलनिवासमा आईतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँहरुले शपथ लिनुभएको हो । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिनुभएको हो । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आईतवार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आईतवार शपथ भएको हो ।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गर्नुभएको थियो । उहाँहरुको भने शपथ रोकिएको हो ।
यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसक्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij