
सोमवार , कार्तिक ३, २०८२
भैरहवा, ३ कार्तिक । होटल पौवा भैरहवा शाखाले ‘भात भान्सा’ सञ्चालनमा ल्याएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ मा अवस्थित होटलले टिपिकल नेपाली खानाको स्वाद दिने उद्देश्यका साथ ‘भात भान्सा’ सञ्चालनमा ल्याएको जनाएको छ ।
होटलको भैरहवा शाखा महाप्रबन्धक शालिकराम खरेल (निशान्त) का अनुसार १५ दिन अघि ‘भात भान्सा’ सञ्चालनमा आएको हो ।‘ न्यूनतम मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट र स्वस्थ्कर उपलब्ध गराउने हाम्रो उद्देश्य हो, ’उहाँले भन्नुभयो–‘सोहीअनुसार नयाँ खालको अवधारणा अघि बढाएका हौं ।’ खरेलले शाकाहारी खाना २ सय, चिकेन खाना ३ सय र मटन खाना ४ सय रुपैयाँमा उपलब्ध रहेको समेत जानकारी दिनुभयो । खानामा भात, दाल, तरकारी, घ्यु, अचार तथा ग्राहकको रोजाइ अनुसार चिकेन÷मटन समावेश गरिएको उहाँले बताउनुभयो । खानामा नेपाली मसालाको प्रयोग गरिने उहाँको भनाइ छ ।
त्यस्तै होटल पौवा, भैरहवाले तिहार विशेष देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । होटल परिसरमा कार्तिक ४ गते साँझ ६ बजेदेखि यो कार्यक्रम सञ्चालन गरिने महाप्रबन्धक खरेलले जानकारी दिनुभयो । कार्यक्रममा एस.के. डान्स स्टूडियोको मौलिक नाच प्रस्तुती रहने उहाँले बताउनुभयो । खरेलले कार्यक्रममा सहभागी हुन सबैमा आग्रह समेत गर्नुभएको छ ।
होटल पौवाको देशका विभिन्न स्थानमा १७ वटा शाखा सञ्चालनमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij