२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर मागे शान्ति सुरक्षाको प्रत्याभुति

आइतवार , कार्तिक २, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, २ कार्तिक । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ ।

    निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तिब्रता दिन लागिएको र उश्रृङ्खल तत्वबाट बाधाअड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभुति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनु भयो । 

    अध्यक्ष सिंहले भन्नुभयो– ‘दिपावली पछि निर्माणको काम तिब्रता दिँदैछौं । उश्रृंखल तत्वबाट अवरोध खडा गर्नसक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ ।

    हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनप¥यो भनेर गृहमन्त्रीसँग माग गरेका छौं । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभुति हुनेगरी दिलाउने बताउनु भयो ।’ 

    अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताउनु भयो । व्यवसायीहरुले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए ।