२०८२, आश्विन ३१ गते

Oct 17 2025 | २०८२, आश्विन ३१ गते

डच मिडफिल्डर फ्रेन्की डे जोङद्वारा बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर

बिहिवार , आश्विन ३०, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौं, ३० असोज । एफसी बार्सिलोनाले बुधवार डच अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेन्की डे जोङसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

    उनी २०२९ सम्म क्लवमा रहने बताइएको छ । २८ वर्षीय खेलाडीले बार्सिलोनासँग एक दशक पूरा गर्नेछन् । २०१९ मा अजाक्सबाट सामेल भएका थिए । डे जोङले क्लवका लागि २ सय ६७ खेल खेलेका छन् ।

    १९ गोल गरेका छन् । डे जोङले गर्मीको समयमा नवीकरणको बारेमा वार्ता भइरहेको पुष्टि गरेका थिए । बुधवारको हस्ताक्षर समारोहमा उनले अन्य क्लवहरूबाट चासोको रिपोर्ट आएपनि बार्सिलोनाको प्रतिनिधित्व गर्ने आफ्नो जीवनभरको महत्वाकांक्षा दोहो¥याउनु भयो । 

    क्याटालान टोलीसँगको आफ्नो ६ सिजनको अवधिमा डे जोङले दुई ला लिगा उपाधि, दुई कोपा डेल रे र दुई स्पेनिश सुपर कप जितेका छन् ।