२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

उत्तरपूर्वी स्पेनमा भारी वर्षापछि बाढीको कहर

बुधवार , आश्विन २९, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, २९ असोज । आईतवार राति र सोमवार बिहान भारी वर्षापछि उत्तरपूर्वी स्पेनी क्षेत्र तारागोनामा घर, सडक र रेल्वे लाइनहरू डुबानमा परेका छन् ।

    स्पेनको राज्य मौसम विज्ञान एजेन्सीले प्रतिवर्ग मिटर १०० लिटरभन्दा बढीको कुल वर्षाको पूर्वानुमानको बीचमा बार्सिलोनाको दक्षिणमा अवस्थित यस क्षेत्रको लागि रेड–अलर्ट जारी गरेको छ ।

    क्षेत्रीय र स्थानीय अधिकारीहरूले पर्याप्त चेतावनी दिएका छन् । विद्यालय र विश्वविद्यालयहरूले कक्षाहरू स्थगित गरेका छन् भने गैर–आवश्यक स्वास्थ्य र सामाजिक सेवाहरू रद्ध गरिएका छन् ।

    घरहरूमा बाढीको जोखिमका कारण लगभग १ हजार मानिसहरू खेलकुद केन्द्रहरूमा रात बिताउनु परेको बताइएको छ । यसैबीच आपतकालीन सेवाहरूले मद्दतको आवश्यकता परेका मानिसहरूबाट लगभग ३ सय ५० कलहरू प्राप्त गरे ।

    बढ्दो पानीमा फसेपछि कम्तिमा ३१ व्यक्तिहरूलाई उद्धार गरिएको छ